विद्यार्थी संगठनहरुबिच मैत्रीपुर्ण फुटवल प्रतियोगीता

ज्ञानु पंगेनी नवलपरासी ,
वैशाख १६,नवलपरासीका क्रियाशिल विद्यार्थी संगठनहरुबिच शुक्रवार (भोली) मैत्रीपुर्ण फुटवल प्रतियोगीता हुने भएको छ ।
संयुक्त विद्यार्थी संगठनको आयोजनामा हुने प्रतियोगीतामा काङग्रेस निकट विद्यार्थी संगठन नेविसंघ , एमाले निकट विद्यार्थी संगठन अनेराश्वियु , एकिकृत , वैद्य् र विप्लब माओवादि निकटको अखिल क्रान्तीकारी र नया शक्ति गरि ६ वटा विद्यार्थी संगठनबिच प्रतिस्पर्धा हुने खेल संयोजक मदन गिरीले बताए । प्रतियोगीता शुत्ररवार विहान ७ बजे कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसको खेल मैदानमा हुने गिरीले जानकारी दिए । पार्टीका नेताहरु आपसमा नमिल्दा देशको विकास हुन नसकेकोले नेतृत्वलाई आपसमा मिलेर काम गर्न दबाब दिन प्रतियोगीताको आयोजना गरेको र यस किसिमको प्रतियोगीता नेपालमा नै पहिलो पटक हुन लागेको आयोजकले दावी गरेको छ ।
तपाइँको प्रतिक्रिया