विद्यालयको कार्यालय आगजनी

पप्पु रेग्मी
नवलपरासी,असार १८ ,नवलपरासी जिल्लाको जहदा ३ धनेवामा संचालनमा रहेको ज्ञान कुञ्ज इङ्गलिस वोर्डिङ स्कूल धनेवाको कार्यालयमा शुक्रवार राति आगजनी भएको छ । विद्यालयको कार्यालय कोठाको ढोकाको ताल्चा फोरेर भित्र पसेको चोरले चोरी गरे पछि आगजनी गरेको आशंका प्रहरीले गरेको छ ।चोरले कार्यालय भित्र रहेको स्टिल दराजको चावि फोरी दराज भित्र रहेको नगद पैतालिस हजारको झोला चोरी भएको छ भने विद्यालयको कम्पनी कार्यालय सेयर प्रमाण पत्र , २०६१ देखि २०७२ सम्मको अडिट रिपोट, ल्यापटप १ थान , र कक्षा १ देखि १० सम्मको विद्यालय सञ्चालन अनुमति प्रमाण साथै विभिन्न बिल भर्पाइ , कोठामा रहेको सिलिङ पंखा २ थान लगाएत जलेर नष्ट भएको सोहि बिद्यालयका शिक्षक एवं लेखापाल राजु तिवारीले बताउनुभयो ।
विद्यालयमा भएको यस क्षेतिमा संलग्न रहेको आसङकामा जहदा ३ वस्ने सन्दिप अधिकारीलाई ईलाका प्रहरी कार्यालयले नियन्त्रण लिई आवश्यक अनुसन्धान गरेको प्रहरीले बताएको छ ।
तपाइँको प्रतिक्रिया