बिद्युतीय राहदानी (इ. पासपोर्ट) सार्वजनिक

काठमाण्डौ, १ मंसिर ।
राहदानी विभागले विद्युतीय राहदानी (इ. पासपोर्ट) सार्वजनिक गरेको छ । बुधवार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्दै इ पासपोर्ट सार्वजनिक गरेको हो । कार्यक्रममा महानिर्देशक डोरनाथ अर्यालले प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताउनु भयो । उहाँले संसारमा चलेका राहदानीहरुमा विद्युतीय राहदानी सबै भन्दा पछाडिको रहेको बताउनु भयो । महानिर्देशक अर्यालले नयाँ सार्वजनिक गरिएको राहदानी ३४/६६ पृष्ठको रहेको र अब ट्राभल गर्नेहरुको पेज सकिएर राहदानी विभागमा धाइरहनु पर्ने समस्या समाधान हुने बताउनु भयो ।
उहाँले अहिले नेपालमा इ पासपोर्ट बनाउन ठूला दुई वटा मेसिन रहेको भन्दै आवश्यक राहदानी बनाउन समस्या नपर्ने बताउनु भयो ।आजदेखि केन्द्रीयस्तरमा जारी भएको इलेक्ट्रोनिक पासपोर्ट मंसिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी हुनेछ । यसअघि नेपालमा ६ प्रकारका मेसिन रिडेबल पासपोर्ट जारी गरिँदै आएकोमा अब विद्युतीय पासपोर्ट पनि ६ वटा रंगमा जारी हुनेछ । सर्वसाधारणलाई चकलेटी रंगको पासपोर्ट वितरण गरिनेछ ।
तपाइँको प्रतिक्रिया