विधार्थिको उचित गन्तव्यका लागि एजुकेशन फेयर चितवनमा सुरु

चितवन १५, ‘नयाँ युगको नयाँ सोचाई, स्वदेशी शिक्षा हाम्रो रोजाई’ भन्ने मुल नाराको साथ चितवनको भरतपुरमा बुधबार देखि तेस्रो एनपिआई चितवन एजुकेशन फेयर (शैक्षिक मेला) सुरु भएको छ । शैक्षिक मेलाको मंगलवार भव्य उद्धघाटन गरिएको छ । चितवन ग्रिन लायन्स तथा लियो क्लबको संयुक्त आयोजनामा भएको मेलाको मध्यमाञ्चल क्षेत्रीय प्रशासक डा. लवदेव अवस्थीले उद्घाटन गर्नुभएको हो
। होटल रोयल सेन्चुरीको प्राङगणमा सुरु भएको मेलाको समुद्घाट समारोहमा ै प्रमुख अतिथि डा. अवस्थीले स्वदेशी शिक्षालाई गुणस्तरीय बनाउनको लागि यो मेला निकै उपयोगी हुने बताउनुभयो । अवस्थीले यस मेलाले दक्ष जनशक्ति उत्पादनको लागिे ठूलो भुमिका निर्वाह गर्नेमा आफु विश्वस्त रहेको बताउदै यस्तो मेलालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा मेलाका ब्राण्ड एम्ब्यास्डर समेत रहनु भएका चर्चित पत्रकार ऋषि धमलाले चितवन शैक्षिक मेलालले नेपालको शिक्षा प्रणालीलाई अत्यन्तै प्रभावकारी र फलदायी बनाउनको लागि सकारात्मक भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो । अक्सफोर्ड कलेज अफ ईन्जिनिरियङ् एण्ड म्यानेजमेन्टका प्रमुख ई. हरि भण्डारी, चितवन ग्रिन लायन्स क्लबका लियो पुष्कर कोइराला, लायन्स क्लब अफ इन्टरनेशनल ३२५ का डिस्ट्रिक्ट गर्भनर एमजेएफ लायन घनश्याम भट्टराई, लियो जिल्ला परिषद् ३२५ बी टुका अध्यक्ष लियो अमित गुप्ता रौनियार, चितवन उद्योग संघका लक्ष्मण अर्याललगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया