विधालय शान्ति क्षेत्रमा जिल्लाको वर्तमान अवस्था

बिबेक भण्डारी ९, विधालय शान्ति क्षेत्रमा जिल्लाको वर्तमान अवस्था विषयमा आधारीत १ दिने छलफल कार्यक्रम विहिवार नवलपरासीको कावावोतीमा सम्पन्न भएको छ । छलफलमा विधालय शान्ति क्षेत्र र शान्ति क्षेत्रमा बालवालिकाको पठनपाठन कसरी गराउने र विषेश गरेर संञ्चार माध्यममा वालवालिका सम्बन्धि आवाज कसरी अगाडि बढाउने भन्ने विषयमा व्यापक छलफल भएको थियो । जिल्लाका अधिकासं क्षेत्रका वालवालिका अझै पनि विधालय जानबाट बञ्चित भएका वालवालिकालाई कसरी विद्यालय सम्म पु¥याउने र विद्यालयमा बालबालिकाको अधिकार कसरी संञ्चारमाध्यममा संप्रेसण गर्ने भन्ने विषयमा समेत छलफल भएको थियो । छलफल कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यलयका विधालय निरीक्षक ऋिषिराम शर्माले वालवालिकाको पहिलो अधिकार शिक्षा हासिल गर्नु रहेको र शिक्षा हासिल गर्ने थलो विधालय शान्ति क्षेत्र हुनु राम्रो पक्ष रहेको र सो क्षेत्रमा बन्द हड्ताल अन्त्य गर्नु अहिलो आवस्यक रहेको वताउनुभयो । कार्यक्रममा इलाका प्रशासन कार्यलयका प्रमुख पिताम्बर घिमिरेले पत्रकारहरुको कतब्र्य सत्यकुरा अगाडि ल्याउनु नै धर्म रहेको र त्यसमा प्रशासनको तर्फबाट आवस्यक सुरक्षा प्रदान गर्ने बताउनुभएको छ । छलफल कार्यक्रममा विधालय क्षेत्रमा राननिती बढेको हुदा विधालय जस्तो क्षेत्रमा राजनिति हुनु निकै अपच्य कुरा रहेको समेत वताइएको थियो । शिक्षा पत्रकार संघले आयोजना गरेको छलफल कार्यक्रममा विभिन्न संञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।
तपाइँको प्रतिक्रिया