विप्लव नेतृत्वको नेकपा माओवादी निटक अखिल क्रान्तिकारीद्वारा संगठनका पाँच जनालाई कारवाही

विप्लव नेतृत्वको नेकपा माओवादी निटक अखिल क्रान्तिकारीले संगठनका पाँच जनालाई कारवाही गरेको जनाएको छ । चितवनमा सम्पन्न राष्ट्रिय सम्मेलनमा अराजक गतिविधि गरेको भन्दै संगठनका साधारण सदस्य समेत नरहने गरि निस्काशन गरेको शुक्रबार काठमाडौका पत्रकार सम्मेलन गरि जानकारी दिईयो । नव निवाचित अध्यक्ष पूर्णबहादुर सिंहले संगठनको २० औँ राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको र केही व्यक्तिले सम्मेलनलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने अबसरको रुपमा प्रयोग गर्ने खोजेको भन्दै कारवाही गर्न खोजेको बताउनुभयो । संगठनको सिद्धान्त र पद्धतिभन्दा बाहिर गएर अराजक गतिविधिमा संलग्न अशोक पोखरेल, सन्तोष कोइराला, लालबहादुर तामाङ, रामबहादुर बिक र प्रेम खड्कालाई संगठनबाट निस्काशन गरिएको संगठनले जनाएको छ । अध्यक्ष सिंहले सम्मेलनले नेपालको शैक्षिक आन्दोलनलाई कसरी शसक्त बनाउने, माफिया र दाललको पन्जाबाट शैक्षिक क्षेत्रलाई कसरी मुक्त गर्ने, नेपाली जनताका छोराछोरीको पहुँच पुग्ने शिक्षा नीति कसरी बनाउने भन्नेबारेमा ठोस निर्णय गरेको जानकारी दिनुभयो । यसैबिच नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले शुक्रबार नै एक बिज्ञप्ती जारी गर्दे मजदूर र विध्यार्थीका राष्ट्रिय संमेलनबाट निर्वाचित मजदूर संगठनमा योगेन्द्र कुमाल र विद्यार्थी संगठनमा पूर्णबहादुर सिंहको नेतृत्व नै आधिकारिक भएको भन्दै अन्य सदस्यहरुलाइ आआफनो जिम्मेवारीमा रहेर काममा रहन आग्रह गर्नुभएको छ ।
तपाइँको प्रतिक्रिया