विभिन्न अपराधमा कैद भुक्तान गर्नुपर्ने १३ अपराधि पक्राउ, कैद भुक्तानका लागि कावासोति पठाईयो ।

गैँडाकोट, ३ असार ।
नवलपुरमा एक महिनामा फरार १३ जना अपराधिहरुलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ०१ देखि ३१ गते सम्म बिभिन्न अपराधमा अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका १३ जना पक्राउ गरि कारबाहि प्रकृया अगाडि बढाईएको हो । सवैलाई कैद भुक्तान तथा जरिवाना असुलीका लागि नवलपुर जिल्ला अदालत कावासोती मा बुझाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनु भयो । अदालत बुझाईएका फरार कसुरदारहरुमा सवारी अंगभंग, सवारी ज्यान, वाल यौन दुरुपयोग, वहु विवाह, बैंकिङ कशूर, भष्टचार, डाँकाचोरी, चेक अनादर, काठ ओसार पसार जस्ता अपराधहरु छन् ।
प्रहरीका अनुसार सवारी अंगभगमा २ वर्ष ५ महिना र ७ दिन कैद र २ हजार जरिवाना भुक्तान गर्नुपर्ने देवचुली १७ का साजन तामाङ, सवारी ज्यान मुद्दामा ११ महिना ५ दिन कैद भुक्तान गर्नुपर्ने हुप्सेकोट १ का विनोद गुरुङ, वाल यौन दुरुपयोगमा ५ महिना ५ दिन कैद भुक्तान गर्नुपर्ने कावासोती १७ का रुक वहादुर परियार भन्ने रुक वहादुर दम भ्रष्टचार कसुरमा ६ महिना कैद भुक्तान गर्नुपर्ने, गैँडाकोट १४ का लेखनाथ शर्मा भष्टाचार मुद्धामा ६ महिना कैद भुक्तान गर्नु पर्ने, डाँकाचोरी मुद्दामा ८ महिना ६ दिन कैद भुक्तान गर्नुपर्ने गैँडाकोट ४ का आयुस थापा, सोही मुद्दामा ५ महिना ६ दिन कैद भुक्तान गर्नुपर्ने गैँडाकोट ४ का सुवास भन्ने गिर्जा थापामगर, वहुविवाहमा ११ महिना ५ दिन कैद भुक्तान गर्नुपर्नेमा कावासोती २ का संदिप तामाङ रहेका छन् ।
यस्तै वहुविववाहकै मुद्दामा ११ महिना २१ दिन कैद भुक्तान गर्नुपर्ने कावासोती ३ का कृष्ण शर्मा र सोही मुद्दामा ११ महिना ५ दिन कैद भुक्तान गर्नुपर्ने कावासोती ४ का प्रमेलाल महतो पक्राउ परेका हुन । त्यस्तै वैँकीक कसुरमा ४ दिन कैद र ९ लाख ५० हजार जरिवार तिर्नुपर्ने कावासोती ३ का सुमन लम्साल, चेक अनादर मुद्दामा २ हजार जरिवाना तिर्नुपर्ने कावासोती ८ का शिवादेवी अधिकारी र काठ ओसार पसार मुद्दामा ९६ हजार १२४ रुपैया जरिवाना तिर्नुपर्ने बुलिगटार ४ का रेख वहादुर कुमाल र वैँकीक कसुर मुद्दामा ७ लाख ९६ हजार १ सय रुपैया जरिवाना तिर्नुपर्ने गैँडाकोट १३ का राजा वावु गिरी रहेको प्रहरी उपरीक्षक गिरीले जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया