विभिन्न सामाजिक संघसंस्थाहरूद्वारा चितवन प्रहरीलाई स्वास्थ्य सामाग्रि सहयोग

गैँडाकोट, ३१ बैशाख ।
विभिन्न सामाजिक संघसंस्थाहरूले बिहिबार चितवन प्रहरीलाई स्वास्थ्य सामाग्रि सहयोग गरेका छन् । स्वस्तिक नेपाल, नेपाल औषधिव्यवसायी संघ–जिल्लाशाखा चितवन, पुष्पाञ्जली बचत तथाऋण सहकारी संस्था र स्पाउज क्लब अफनारायणगढ रोटरी क्लबले संयूक्त रूपमा स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरेका हुन् ।
जिल्लाप्रहरी कार्यालय चितवनको प्राङ्गणमा प्रहरी उपरिक्षक श्री ओमप्रसाद अधिकारीलाई सो संस्थाहरूको तर्पmबाट हिरामान महर्जन, शिवपण्डित, लक्ष्मी श्रेष्ठ, रुद्रप्रसाद सापकोटा लगायतको उपस्थितीमा नेपाल औषधि व्यवसायी संघ–चितवनका अध्यक्ष इश्वरकुमार भण्डारीले कोरोना रोकथामका लागि आवश्यक सामग्रीहरू सहयोग प्रदान गर्नु भएको हो ।
कोरोनाको दोस्रो लहरले चितवनमा पुनः माहामारीको रूप लिइरहेको र यसले सिर्जना गरेको कठिन परिस्थितीमा पनि सर्वसाधारण जनताहरूको सुरक्षाको लागिफ्रन्टलाइनमा रहेर दैनिक रूपमा खटिरहेका करिब ४०० जना प्रहरीहरूको स्वास्थ्यलाई मध्येनजर गर्दै ४०० थान फेस सिल्ड, ४०० थान सेनिटाइजर, एन ९५ मास्क ३००, साधारण मास्क २५००थान र १०० जोडि हातमा लगाउने पञ्जा वितरण गरिएको पुष्पाञ्जली बचत तथाऋण सहकारी संस्थाका पूर्व अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया