विश्वका उत्कृष्ट क्रिकेट खेलाडीमा छानिए नवलपरासीका सन्दिप लामिछाने

यु १९ विश्वकपका उत्कृष्ट ११ खेलाडीको सूचीमा नेपालका सन्दिप लामिछाने पनि परेका छन् । विश्व क्रिकेट परिषद आइसिसिले मंगलबार तयार गरेको ‘फ्युचर स्टार्स’को सूचीमा नेपाली बलर सन्दिपले स्थान पाएका हुन् ।लामिछाने केहीसमयअघि बंग्लालेशमा सम्पन्न विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो नम्बरमा परेका थिए। उनले छ खेलमा १४ विकेट लिएका थिए।१५ विकेट लिएका नामिबियाका फ्रिज कोएट्जी पहिलो नम्बरमा छन् । सन्दिपको घर नवलपरासी जिल्लाको रजहरमा हो । बाबु आमा सहित उनी भारतमै वस्थे तर उनी नेपालको जर्सी लगाएर अन्तराष्ट्रिय क्रिकेट खेल्ने लक्ष्य लिएर १३ वर्षको उमेरमा नेपाल आएका थिए।बाबु भारतीय रेल्वेमा कार्यरत रहेकाले उतै हुर्के बढेका सन्दिपले हरियाणामा नै क्रिकेटको बल र ब्याट समाउन सिके । क्रिकेटप्रतिको उनको लगाव बढ्दै गएपछि नेपालको जर्सी लगाएर खेल्ने सपना देख्न थाले । त्यसैले उनी आफ्नो गाउँ नवलपरासीको रजहर फर्केका थिए । रजहरमा दिदी भिनाजुसँग बसेर देवचुली उच्च माविमा अध्ययनसँगै क्रिकेट पनि खेलिरहेका उनीसँगको प्रतिभा राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पुवुदु दासानायकेले नियाले र उनलाई नवलपरासीको रजहरबाट सिधै काठमाडौं ल्याए । दासानायके चितवन आउने थाहा पाएपछि उनी नेपालका पूर्व कप्तान राजु खड्काको समन्वयमा नारायणगढको क्याम्पा चौरमा आइपुगेका थिए । खड्काकै प्रशिक्षणमा बलिङ गरिरहेका सन्दिपको हातमा नवलपरासीका सन्दिप लामिछाने विश्वका उत्कृष्ट क्रिकेट खेलाडीमा छानिए जादु नै देखेर होला । उनलाई पुवुदुले काठमाडौं बोलाए । एक वर्षअघि काठमाडौं आएका सन्दिपको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । उनले १९ वर्षमुनिको विश्वकप क्रिकेटको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको सुपर लिग प्रतियोगितामा १२ विकेट लिए । त्यो १२ विकेटले नै उनलाई राष्ट्रिय टिममा पर्न मद्दत गर्यो ।
तपाइँको प्रतिक्रिया