विस्फोटक पदार्थ पड्किदा दुईको मृत्यु

पुरुषोत्तम सुबेदी
नवलपरासी , ७ जेठ । विस्फोटक पदार्थ पड्किदा नवलपरासीको सिमानामा पर्ने भारत ठूठीबारी केवटनिया गाउंमा एकै परिवारका २ जनाको ज्यान गएको छ । बिहीबार भएको सो घटना सोही परिवारका अन्य ३ जना घाइते भएका छन् ।स्थानिय भारतिय पत्रकार अरुण कुमार बर्माका अनुसार स्थानिय एउटा कवाडी उद्योगमा विस्फोटक पदार्थ पड्किदा उद्योगका संचालक ५० वर्षीय बिकाउ सहानी र उनका ५ वर्षीय छोरा अमन सहानीको घटनास्थलमै मत्यु भएको हो । घाइते हुनेमा एकै परिवारका बालबालिकाहरु उर्मिला सहानी, निखिल सहानी र ममता सहानी रहेका छन् ।नवलपरासीको महेशपूरको नजिकैको भारतीय बजार ठूठीबारीको केवटनिया टोलमा कबाडी उद्योगमा कवाडीलाई काटछांट गर्ने क्रममा त्यसमा रहेको विस्फोटक पदार्थ पड्किदा सो घटना भएको पत्रकार बर्माले जानकारी दिनुभयो । न्युन आय स्तरको रहेको सो परिवारले जिविका धान्न कबाडीको काम गर्दै आएको थियो । नेपालबाट लगेको कबाडलाई धातु अनुसारको फुटाउने र अलग्याउने क्रममा विस्फोटक पदार्थ पड्किदा सो घटना भएको थियो ।
तपाइँको प्रतिक्रिया