वेमौसमि तथा आर्गनीक खेति सम्बन्धि ३ दिने प्रशिक्षण तालिम

बिबेक भण्डारी ८,वेमौसमि तथा आर्गनीक खेति सम्बन्धि ३ दिने प्रशिक्षण तालिम बुधवार रजहरमा सकिएको छ । पछिल्लो समय विभिन्न विषादि युक्त तरकारी सेवनले स्वास्थ्यमा नकारात्म असर परेको हुनाले अब आर्गनिक खेति तर्फ उत्प्रेरित गर्ने उदेश्यले सो तालिमको आयोजना गरिएको थियो । रजहर गा वि सका करिव ६५ जनाको सहभागिता रहेको तालिममा रजहर कृषि विकास कार्यलयका प्रमुख नरेन्द्र भण्डारी र कृषि प्रविधिक निर्मला चौधरीले ३ दिन सम्म प्रशिक्षण दिनुभएको थियो । बुधवार तालिमको समापन कार्यक्रममा रजहर गा वि सका प्रमुख जिमलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने समापन कार्यक्रमा कृषक समन्वय समिति रजहरका अध्यक्ष नित्या नन्द शर्माको अध्यक्षता रहेको थियो । तालिम कृषक समन्वय समिति आयोजना र रजहर गा वि सको आर्थिक सहयोगमा आयोजना गरिएको थियो । तालिमको समापन संगै ६५ जना कृषकलाई विभिन्न तरकारीको विउ र हजारी प्रदान गरिएको थियो ।
तपाइँको प्रतिक्रिया