वैकल्पिक उर्जाबाट विकट पहाडी गाउपालिकाको रकुवा प्राथमिक स्वाथ्य केन्द्रमा ल्याब सेवा शुरु

ज्ञानु पंगेनी
नवलपरासी , १३ माघ
नवलपरासी पूर्व बौदीकाली गाउपालिका रकुवामा रहेको रकुवा प्राथमिक स्वाथ्य केन्द्रले ल्याब ( प्रयोगशाला ) संचालनमा ल्याएपछि यहाका सर्वसाधारणलाई उपचार सेवामा सहजता मिलेको छ ।
रकुवा नवलपरासीको विकट पहाडी क्षेत्र हो । ल्याब सेवा नहुदा यहाका बासिन्दा उपचारका लागि कावासोती , भरतपुरसम्म धाउनुपर्थ्यो तर गाउमै ल्याब सेवा संचालनमा आएपछि धेरै राहतको महशुस गरेका छन । रकुवाका स्थानीय कुलमणी ढुङ्गानाले गाउमै ल्यब सेवा संचालनमा आएपछि उपचारका लागि सहज भएको बताए । ‘दिशापिसाब जाच गर्नुपरे , रगत जाच गर्नुपरे कावासोती , कि भरतपुर जानुपर्ने बाध्यता थियो तर अब यो बाध्यता हटेको छ । समयको पनि बचत पैसाको पनि बचत समेत हुने भएपछि हामि पनि निकै खुसी छौ ।’
स्वाथ्य केन्द्रमा उपचार लिन आएकी ईश्वरी विकलाई पिसाब पोल्ने समस्या थियो । उनले गाउमै ल्याब संचालनमा आएको वारेमा सुनेकी थिईन । सामान्य रुघाखोकी टाउको दुख्ने ज्योरो आउने जस्ता स्वाथ्य समस्या बाहेकका अन्य स्वाथ्य समस्या हुदा उपचारका लागि कावासोती झर्ने गरेकी विकले यसपाली भने गाउमै पिसाव जाच गराईन । ‘घर नजिकैको स्वास्थ्य केन्द्रमा ल्याव सेवा लिन पाउदा धेरै खुसी लाग्यो , सहज भयो खर्च पनि घट्यो समयको पनि बचत हुने भयो । ’ विकले भनिन ।
रकुवा प्राथमिक स्वाथ्य केन्द्रमा संचालनमा आएको ल्याब गाउपालिका र विभिन्न दाता तथा नेपाल सरकारको सहयोगमा संचालनमा आएको हो । हिमालयन लाईफ फाउन्डेशने २५ सय केभिएको सोलार ईन्भटर नि शुल्क अनुदानमा उपलब्ध गराएपछि ल्याब संचालनमा ल्याउन सहयोग पुगेको स्वाथ्य केन्द्रका सिनियर अहेव मेघ वहादुर ठाडा मगरले बताए । यहा विद्युत्को केन्द्रिय प्रशारण नजोडिएको , सामुदायिक विद्युतीकरणको विद्युत रातीको समयमा मात्रे आउन हुदा यहा वैकल्पिक उर्जाबाट नै ल्याब संचालन गरिएको छ । बौदीकाली गाउपालिकाले १० केभिएको जेनेरेटर खरिद गरेर सहयोग गरेको छ । ल्याबका लागि सबै आवश्यक उपकरण स्वाथ्य सेवा विभाग आपुर्ती महाशाखा टेकुले निशुल्क उपलब्ध राएको हो । यस्तै क्षयरोग जा“चका लागि आवश्यक पर्ने शुक्ष्मदर्शक यन्त्र र अन्य उपकरण पश्चिमाञ्चल क्षेत्रीय क्ष्ँयरोग केन्द्रले सहयोग गरेको छ । भने स्वाथ्य सेवा विभागको आर्थिक सहयोगबाट ल्याबका लागि आवश्यक फर्निचर सहयोग गरिएको छ । स्वाथ्य केन्द्रले ढुवानीका लागि मात्रै केहि रकम खर्च गरेको र अन्य आवश्यक उपकरण र सामाग्री सबै निशुल्क रुपमा नै उपलब्ध भएपछि स्वाथ्य केन्द्रमा ल्याब संचालनका लागि सहज भएको अहेव ठाडाले बताए ।
स्वाथ्य केन्द्रले यहि माघ १४ गतेबाट एक्सरे समेत संचालनमा ल्याउन लागेको छ । आपुर्ती महाशाखाबाट एक्सरे ल्याईएको र दक्ष प्राविधिक नहुदा जडान गर्न बाकी रहेको बताए । सम्बन्धित कम्पनीको व्यक्तीसंग समपर्क भएको र उनीहरु १४ गते आएर एक्सरे जडान गरिदिने बताएको ठाडाले बताए ।
ल्याब संचालनमा आएपछि रगत , पिसाब , खकार , सुगर , युरिक एसिड , पित्त जा“च लगायतका सेवा प्रदान गरिएको छ । ल्याब संचालनमा आएपछि बौदीकाली गाउपालिकाभित्र रहेका साविकको डेढगाउ , रकुवा , मिथुकरण , नरम , रुचाङ्ग गाविसका बासिन्दा लाभान्वित भएका छन ।
तपाइँको प्रतिक्रिया