व्यवसायी दुर्गा प्रसाई माओवादी छोडेर एमालेमा औपचारिक प्रवेश

काठमाडौं, ७ कार्तिक ।
व्यवसायी दुर्गा प्रसाई औपचारिकरुपमा एमालेमा प्रवेश गर्नु भएको छ । झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँ सहित पाँच सयजना एमालेमा प्रवेश गरेका हुन् ।प्रसाई यसअघि माओवादीमा रहनु भएको थियो । उहाँ माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकटस्था मानिनुहुन्थ्यो । तर, नेपाल कम्युनिष्ट पार्टीमा आएको विवाद र विभाजनसँग उहाँले कित्ता फेर्दै ओलीसँग निकट बन्नु भएको छ । औपचारिक तवरले चाहिँ आजबाट उनी ‘एमाले नेता’ बन्नु भएको छ ।
तपाइँको प्रतिक्रिया