व्यवस्थापिका संसदको बैठक शोकप्रस्ताव पारित गर्दै असोज २२ गतेसम्मका लागि स्थगित

व्यवस्थापिका संसदको बैठक शोकप्रस्ताव पारित गर्दै असोज २२ गतेसम्मका लागि स्थगित भएको छ । २०१५ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद नरबहादुर थापा र ०६४ सालको संविधानसभा निर्वाचनमा एमाओवादीकातर्फबाट बर्दिया–४ बाट निवार्चित सांसद तथा पूर्वमन्त्री रामचरण चौधरीको निधनमा शोकप्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो । ९० बर्षका थापाको काठमाडौँको स्युचाटारमा निधन भएको थियो भने चौधरीको क्यान्सरका कारण असोज १५ गते भेरी अञ्चल अस्पतालमा निधन भएको थियो । त्यस्तै बैठकमा सहमतिय सरकार गठनका लागी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख सुवास नेम्वाङले पढेर सुनाउनुभएको थियो । २२ गते बस्ने बैठकले नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढाउने छ ।
तपाइँको प्रतिक्रिया