शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधा जोशीको निधन

२ वैशाख, काठमाडौं ।
शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधा जोशीको आज निधन भएको छ । पत्नी जोशीको ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालमा आज बिहान ५ बजेर ५६ मिनेटमा सय वर्षको उमेरमा निधन भएको बताईएको छ ।
उनको उपचारको क्रममा बिहान निधन भएको अस्पताल प्रशासनले बताएको छ । यसअघि गत वर्ष असोज ३० गते जोशीको पति सत्यमोहन जोशीको निधन भएको थियो ।
तपाइँको प्रतिक्रिया