शनिबार मुकुन्दपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १२ औं साधारण सभा सम्पन्न

गण्डकी प्रदेशका सांसद कृष्णचन्द्र नेपालीले अहिलेको राष्ट्रिय सरोकार नै अबको दुई बर्षमा सबै नेपालीको घरमा सफा र स्वच्छ पानी पु¥याउने रहेको बताउनु भएको छ । शनिबार मुकुन्दपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १२ औं साधारण सभालाई सम्बोधन गर्दे उहाँले प्रदेशको धेरैै ठाउँमा पानीको अभाव छ । त्यस्ता ठाँउहरु मध्य साबिक मुकुन्दपुर क्षेत्रमा पानी पु¥याउन मुकुन्दपुर खानेपानी सफल रहेको र आउँदो दिनमा आवश्यक पर्ने कुरालाई मध्यजनर गरी नगरपालिकासँग समन्वय गरेर स्वच्छ खानेपानी पुर्याउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
त्यस्तै गैडाकोट नगरपालीकाका नगर प्रमुख छत्रराज पौडेलले गैडाकोट नगर भित्र रहेको खानेपानीको समस्या लाई क्रमशः समाधान गदै जाने बताउनुभयो ।
कार्यक्रममा सचिवको प्रतिवेदन संस्थाका सचिव वेद प्रसाद कंडेलले प्रस्तुत गर्नु भएको थियो भने आन्तरिक लेखा परिक्षणको प्रतिवेदन कृष्ण प्रसाद आचार्यले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बिकु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव प्रसाद सापकोटा , समाजसेवी हरी राज गौतम,दिपक अधिकारी, दुर्गादत्त भुषाल ,कृष्ण सापकोटा, चन्द्रदत्त जैशी, मुकुन्दपुर खानेपानि संस्थाका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद रेग्मी, मुकुन्दसेन टेलिभिजनका प्रबन्ध निर्देशक असिफ गुरुङ्ग लगायतको उपस्तिथि रहेको थियो । . कार्यक्रममा सस्थाका उपाध्यक्ष मीना भटराईले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संस्थाका अध्यक्ष शेषकान्त देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । .
तपाइँको प्रतिक्रिया