शनिवार बजेट पारित गर्ने तयारी

काठमाण्डौँ, २४ असार । आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक बजेट आज पारित नहुने भएको छ । पछिल्लो कार्यतालिका अनुसार आज ब्यवस्थापिका संसदबाट बजेट पारित हुने तयारी भएपनि विभागीय मन्त्रीले जवाफ दिन बाँकी रहेकाले आज पारित नहुने भएको हो । विनियोजन विधेयकमाथिको छलफलमा मन्त्रीहरुले जवाफ दिनेक्रम आज सकिएपछि बजेट भोलि पारित हुनेछ । विनियोजन शीर्षक अन्तर्गत आपूर्ति मन्त्रालय, ऊर्जा मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय, सहरी विकास मन्त्रालय, शान्ति, सूचना तथा सञ्चार मन्त्रीले जवाफ दिइसक्नु भएको छ । संसदको बैठक बिहान ११ बजे बोलाइएको छ ।
तपाइँको प्रतिक्रिया