शालिकराम पुडासैनी आत्महत्या प्रकरण निश्पक्ष छानबिन गर्न कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुको आग्रह

साउन ३२ , चितवन
कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले चितवनका एसपी र सिडियो भेटेर शालिकराम पुडासैनी आत्महत्या प्रकरणको निष्पक्ष छानविन गर्न आग्रह गर्नु भएको छ । एसपी र सिडियो भेटेपछि नेता बडुले पूर्वाग्रह नराखी छानविन गर्न माग गर्नु भएको हो । उहाँले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका रवि लामिछानेलाई समेत भेट गर्नु भएको थियो । रबिले पनि निष्पक्ष छानबिनमा सघाउन तयार रहेको बताएको उहाँले जानकारी दिनु भयो ।
शुक्रवार जिल्ला अदालत चितवनले लामिछानेका साथै युवराज कँडेल र अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले १० दिनको म्याद मागेपनि जिल्ला अदालत चितवनका विनोदकुमार गौतमको इजलासले बिहीवारको मितिबाट थप पाँच दिन अनुसन्धानको थुनामा राख्न अनुमति दिएको थियो ।
तपाइँको प्रतिक्रिया