शाश्वतधाममा बुद्धको अस्टधातु दर्शनको लागि खुल्ला

नवलपुर ।
शान्तिका अग्रदुत गौतमबुद्धको २५६३ औं जयन्तीको अवसरमा पूर्वी नवलपरासीको शाश्वतधाममा बुद्धको अस्टधातु सर्बसाधरणहरुलाई दर्शनको खुल्ला गरिएको छ । श्रीलङका सरकारबाट प्राप्त बुद्धको अस्टधातु चैतेगुम्बा भित्र प्रतिस्थापित गरी राखिएको थियो । प्रत्येक वर्ष झै यो वर्ष पनि वुद्ध जयन्तीको अवसरमा सर्बसाधारणहरुलाई दर्शनको लागि खुल्ला गरिएको सिजिआईपिका महाप्रबन्धक नारायण श्रेष्ठले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी अस्टधातु सर्वधारणहरुको दर्शनका लागि खुल्ला गरिएको छ भने वुद्ध जयन्तीकै अवसर पारी २० वटा वुद्धका कलात्मक तस्विरहरु समेत प्रर्दशनीमा राखिएको छ ।
कार्यक्रमा बोल्दै प्रमुख अतिथी दिपकराज नेपालले अहिले मुलुकमा समानता भन्दा असमानता प्रति ध्यान दिदा कहि कतै धर्मसंग जोडिएर समस्याहरु आएको अवस्थामा शाश्वतधामले धार्मिक सहिष्णुता कायम गरेको बताउनुभयो । धार्मिक एकता कायम गर्न हिन्दु धर्ममान्नेले बुद्धको पनि दर्शन गर्न पाउने र बुद्धको दर्शन गर्दा हिन्दु धर्मको विषयमा बुझन पाउने वातावरण शाश्वतधाममा मात्रै भएको बताउदै प्रमुख जिल्ला अधिकारी नेपालले धर्मको नाममा अब विवाद होईन एक आपसको समानता खोजि सबै नेपाली विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । काकर्यक्रममा जिल्ला समन्वय समितिका उप्रमुख शारदा विश्वकर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाट सहज सामुदायिक फाउन्डेसनका अध्यक्ष करुणा सागर सुवेदी, चित्रकार भिमप्रसाद शर्मा लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागि सम्पूर्णले वुद्धको संग्रहालय र वुद्धको ईतिहास संग जोडिएको तस्विरहरुको अवलोकन गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया