शाश्वत धामको निर्माण कार्य पुरा, आगामी फागुन २४ गते राष्ट्रपतिद्धारा उद्घाटन गरिने

बिबेक भण्डारी , नवलपरासीको देवचुली–२ दुम्कौलीस्थित सिजी इन्डस्ट्रियल पार्क परिसरमा निर्माण गरिएको शाश्वत धामको निर्माण कार्य पुरा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सो धामको उद्घाटन गर्ने कार्यक्रम तय भएको चौधरी उद्योग ग्राममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । सो धामको उद्घाटन आगामी २४ फागुनमा हुने सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । धाममा मन्दिरका अलवा गुरुकूल विद्याश्रम, अखण्ड अग्निकुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड, हनुमान मन्दिर, धार्मिक प्रदर्शनी, धार्मिक संग्रहालय, डिजिटल धार्मिक पुस्तकायल, हेरिटेज विल्डिङ हल, गौशाला, आर्गे्निक फार्म, रहेने चौधरी उद्योगका प्रबन्ध निर्देशक निर्माण चौधरीले जानकारी गराउनुभयो । धार्मिक एवं पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले सो शाश्वत धामको निर्माण गरिएको बताइएको छ । शाश्वत धाममा आउने पर्यटकहरूले पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, गोसाइकुण्ड, बद्री, केदार, हरिद्वारजस्ता प्रमुख धार्मिकस्थलका पछिल्ला गतिविधिहरू ठूलो पर्दामा हेर्न पाउने व्यवस्थासमेत मिलाइएको छ । धामको चारैतिर ढुंगा खोपेर बनाइएका ससाना स्पिकरबाट यहाँ आउने आगन्तुकले भजन सुन्न सक्ने व्यवस्था मिलाइएको छ । मानिसहरूमा देखिएको आध्यात्मिक विचलन, सकारात्मक सोचको कमी, नैराश्यता, सहभागी भावनाको कमी जस्ता समस्यालाई सम्बाधन गर्दै आधुनिक युवा पुस्तालाई सकारात्मक सोच र धार्मिक कार्यमा शाश्वत धामले मार्ग्निर्देश गर्न सक्ने निर्माण पक्षले विश्वास लिएको छ ।
तपाइँको प्रतिक्रिया