शिक्षा ऐन नै परिर्मजन गरे सबै समस्या हल : शिक्षा मन्त्री पौडेल

अनिल भट्टराई,
चितवन, २४ भदौं । शिक्षा मन्त्री धनिराम पौडेल (डिआर)ले कृषि विश्वविद्यालयको समस्या नयाँ तरिकाबाट गर्नुपर्ने बताएका छन् ।
कृषि विश्वविद्यालय जन्मीदा नै समस्या थियो, उनले भने । अब यसको विवादको हल भनेको शिक्षा ऐन नै परिर्मजन गरेर मात्रै समाधान हुन्छ ।
प्रेस सेन्टर नेपाल चितवन शाखाले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले शिक्षा क्षेत्रका विकृती अन्त्य गर्ने एक मात्र उपाय भनेको ऐन परिर्वतन नै भएको ठोकुवा गरे । दुई अर्थ लाग्ने हालको नितिका कारण धेरै समस्या हुदै शिक्षा क्षेत्र माथि उठ्न नसकेको उनको तर्क समेत थियो । उनले शिक्षा क्षेत्रमा भएको विकृती अन्त्य गर्न राजनिति नियुक्तलाई पूर्ण रुपमा वन्देज गर्नुपर्ने बताए ।
पत्रकारको फरक जिज्ञाशामा चितवनको शक्तिखोरमा देशकै नमुना प्राविधिक शिक्षालयको सञ्चालनको कामले तिव्रता पाइरहेको जानकारी पनि दिए ।
तपाइँको प्रतिक्रिया