शुक्रबारदेखि लोडसेडिङको समय थपहुने (तालिकासहित)

नेपाल विद्युत प्राधिरणले शुक्रबारदेखि लोडसेडिङको समय बढाउने भएको छ । प्रणालीमा लोड अत्यधिक बृद्धि, भुकम्पबाट क्षति भएको विद्युत गृह समेत हालसम्म संचालन हुन नसकेको तथा नदीहरुमा पानीको जलस्तर घट्ने क्रम तिब्र रहेको बताउँदै प्राधिकरणले साविकमा हुँदै आईरहेको लोडसेडिङ्ग तालिकामा हेरफेर गरी शुक्रबारदेखि लोडसेडिङको समय थप गर्न लागैको बताएको छ । नयाँ तालिका अनुसार दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ हुनेछ ।
तपाइँको प्रतिक्रिया