शुक्रबार, शनिबार र आइतबार गैंडाकोटमा लाइन अबरुद्द

गैंडाकोट । जेष्ठ २
नेपाल बिधुत प्राधिकरण गैंडाकोट प्र–शाखा अनुसार शुक्रबार शनिबार र आइतबार बेलुका सम्म गरी ३ दिन गैंडाकोटमा बिधुत अबरुद्द हुने भएको छ । प्रतिदिन १०÷१२ घण्टाको दरले बिधुत प्रवाह गर्ने बिधुत प्राधिकरण गैंडाकोटका प्र–शाखा प्रमुख सुजन रिजालले जानाकारी दिनुभयो । प्रगतिनगरमा नयाँँ ट्रान्समीटर राख्ने क्रममा बिधुत अबरुद्द हुने भएको हो । गत वर्ष चैत्र १२ गते प्रगतिनगरमा राखिएको ३० एम.भि.एको ट्रान्समीटर जलेपछि १५ एम.भि.एको ट्रान्समीटर राखेर आंसिक रुपमा बिधुत प्रवाह गरीएको रिजालले बताउनु भयो । हाल ३० एम.बि.एको ट्रान्समीटर जडान गर्नका लागि गैंडाकोटमा बिधुत अबरुद्द गरी काम अघि बढाउनु परेकाले ३ दिन बिधुत अबरुद्द हुने उहाँँले बताउनु भयो । ट्रान्समीटर जडानको काम सकिदा साथ गैंडाकोटमा बिधतु प्रवाह गर्ने उहाँँले बताउनु भयो । यो समयमा धेरै बिधुत खपत नगर्न सम्पुर्णलाई आग्रह गर्नु भयो ।
साथै नेपाल बिधुत प्राधिकरण गैंडाकोट प्र–शाखाले बिगत १०÷१२ वर्ष देखी सञ्चालनमा नआएको भरतपुर बाट कावासोती सप्लाई भएको लाइनलाई सञ्चालन गर्ने भएको छ । प्रगतिनगरमा बिधुत अपुग भएका कारण उक्तm लाइन प्रगती नगर सम्म पु¥याउने उद्देश्यले भरतपुर बाट कावासोती सप्लाई भएको लाइनलाई सञ्चालनमा ल्याउन थालिएको हो ।
उक्तm लाईनलाई बिट्रिस क्याम्पदेखी कालीका फेदी , तार्तिबास ,थुम्सी हुदैं प्रगतीनगर सम्म पुरानो संरचनाको लाईन सञ्चालनमा ल्याउने रिजालले बताउनु भयो । लाइन सप्लाईको क्रममा तार वरीपरिका रुख बिरुवा नकाट्न र तारहरु नजिक नजानका लागि उहाँले सम्पुर्ण स्थानिय बासीलाई आग्रह गर्नुभयो । उक्तm लाईन भोली बिहान सम्ममा सञ्चालनमा आउने उहाँँ बताउनु हुन्छ ।
तपाइँको प्रतिक्रिया