शुक्ल तृतीयाका दिनको अवसरमा सोमवार शुभकामना आदान प्रदान

नेपालि काग्रेश कावासोती वडा कार्यलय वडा न २ ले वैशाख शुक्ल तृतीयाका दिनको अवसरमा सोमवार शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपाली काग्रेस जिल्ला सभापति विष्णु प्रसाद लामिछानेको प्रमुख आति थ्यता रहेको कार्यक्रममा दुर्गाबहादुर राना, ओमकला गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए । वैशाख शुक्ल तृतीयाका दिन दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँएको छ । यो दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ ।
यसै दिन त्रेता युगको सुरुवात भएको मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदिन र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । यसैले यो दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । यो दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुसी हुनुहुने धार्मिक विश्वास छ । यस अवसरमा निराहार व्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्यस्य पुराणमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । भविष्य पुराणमा पनि यो दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।
तपाइँको प्रतिक्रिया