शुन्य चोरी शिकारी बर्ष विशेष कार्यक्रम

राजेन्द्र आचार्य
चितवन, २३ जेठ लगातार रुपमा दुई पटक शुन्य चोरी शिकारी बर्ष भएको उपलक्ष्यमा चितवन राष्ट्रिय निकुञ्जमा गरि मनाईएको छ ।
२ ईन्टु ३ सय ६५ दिन प्लस भएको उपलक्ष्यमा निकुञ्ज र वन वन्यजन्तु सुरक्षार्थ खटिएको नेपाली सेनामको श्री श्रीजंग गणले संयुक्त रुपमा निकुञ्ज मुख्यालयमा विशेष कार्यक्रम गरि मनाएको हो ।
विश्व वातावरण दिवस र श्री श्रीजंग गणको २ सय ३३ औ बार्षिकोत्सवको अवसर पारेर शुन्य चोरी शिकार भएको १ एक महिना २० दिन पछि शुन्य चोरी शिकार बर्ष मनाएको हो ।
२०७१ वैशाख २० गते देखि ०७३ साल बैशाख २० सम्म आइपुग्दा निकुञ्जमा दुर्लभ एक सिँगे गैँडा, बाघ लगायत कुनै पनि जङ्गली जनावर चोर शिकारीका कारण नमारिएकाले दुई बर्ष शुन्य चोरी शिकार बर्ष भएको निकुञ्ज प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेँलले बताए ।
शुन्य चोरी शिकार बर्षको एक भव्य समारोहका विच नेपाल सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्धघाटन गरेका थिए । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले लगातार शुनय चोरी शिकार बर्ष चितवन निकुञ्जले मनाउन पाउनु विश्वको लागि उद्दाहरणीय भएको बताएका छन् । चौथो पटक र लगातर दुई बर्ष शुन्य चोरी शिकार बर्ष मनाउनु ठूलो उपलब्धी हो–उनले भने । संरक्षणमुखी अथक प्रयास, सहकार्य र साझेदारीबाट आएको उपलब्धी विश्वको लागि नै उद्दाहरणीय छ ।
अब नविन सोच, व्यवहारिक सहकार्य गरि परिमाणमुखी काम गर्दै दिगो संरक्षणका लागि सबै क्षेत्र एकजुट हुनुपर्नेमा समेत उनले जोड दिए ।
प्रकृति संरक्षणका लागि नेपाल सेना ४ दशकदेखि सक्रिय बनेको भन्दै सेनापति क्षेत्रीले स्थानिय समुदायसगं संस्थागत बन्दै देशैभरका सेना र फौज प्रकृति संरक्षणका लागि थप सक्रिय बन्ने प्रतिवद्धता समेत व्यक्त गरे । सेनाले अब डिजिटल प्रविधिको उच्चतम प्रयोग गरि काम गर्न निर्देशन दिदै उनले भर्खर मात्रै मकालु बरुण र ढोरपाटनमा गएका सेनाले चितवनमा सेनाले पाएको सफलताको अनुसरण गर्नुपर्ने बताए । यस्तै सोही अवसरमा बोल्दै राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा. महेश्वर ढकालले शुन्य चोरी शिकार बर्षले चितवनको महिमा अन्तराष्टिय स्तरमा नै पहिचान बनेको बताए । गैडासगै बाघ र अन्य जन्तुहरुको समेत शुुन्य चोरी शिकार बर्ष मनाउने वेला
तपाइँको प्रतिक्रिया