शुभेच्छा बचत तथा ऋण सहकारीको लुट धन्दा, १२, ३३५ को ६ महिनाको ब्याज १० हजार ४१८

प्रकाश सिग्देल
जेष्ठ ६, चितवन
नारायणगढको बेलचोकमा रहेको शुभेच्छा बचत तथा ऋण सहकारीले सहकारीको नाममा लुट धन्दा मच्चाई रहेको छ । मोटरसाईकल खरिदका लागी ऋण प्रवाह गर्दै आएको सहकारीले सहकारी मुल्य र मान्यता बिपरित आफुखुसी मनलाग्दी हर्जना भन्दै रकम असुल्ने र सेवाग्राहीलाई नगदी रसिद तथा बिल समेत नदिने गरेको हो । नारायणगढका बिष्णु नारायण श्रेष्ठले सो सहकारीका लागी मोटरसाईकल खरिद गरे बापतको भुक्तानी दिदाँ आफु ठगिएको थाहा भएपछि साथी नबिन श्रेष्ठ मार्फत हामीलाई गुनासो गर्नु भएको थियो । उहाले तिर्नुपर्ने अन्तिम किस्ताको १२ हजार ३१८ रुपैया तिर्न ६ महिना अर्थात २२० दिन ढिला भएको भन्दै सहकारीका सञ्चालक राजाराम श्रेष्ठले जरिवाना तथा ब्याज गरि १९,७५३ रुपैया लिएका हुन् ।
२०७५÷६÷२५ गते तिर्नु पर्ने अन्तिम किस्ता बापतको १२,३३५ रुपैया उनले २०७६ जेठ २ गते तिरेका थिए । त्यो बेला सहकारी सञ्चालकले १२,३३५ को १७.५ प्रतिशत ब्याज बापत १३०२, ६ महिना ढिला भए बापतको फेरी १२,३३५ को पुन १५ प्रतिशत पेनाल्टि ब्याज गरी १,११६ र १७ पटक ताकेता गरेको भनेर थप ८ हजार गरि साँवा रकम १२,३३५ को १९७५३ रुपैया लिएको नबिन श्रेष्ठले बताउनु भयो ।
सञ्चालकले पैसा बुझाएको कुनै प्रमाण नदिने र शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखेको ऋण असुली पुर्जा मात्रै दिने गरेका छन् । उनले त्यो पुर्जामा छाप समेन नहानी त्यसै दिने गरेका हुन भने पटक पटक ताकेता गरेको वा फिल्ड गएको बापतको रकम भनेर त्यही पुर्जाका पछाडी लेखेर पैसा असुली राज्यको आँखामा छारो हाली सहकारीका नाममा सेवाग्राही सोझा नागरिक ठग्ने काम गरेको पिडित श्रेष्ठ बताउनु हुन्छ । सहकारी सञ्चालकको यो काम गराई हेर्दा सहकारीका नाममा सिधै सेवाग्राही तथा राज्य लुट्ने खेलो भएको प्रष्ट देखिने उहाँ बताउनु हुन्छ । यो बिषयमा बुझन कार्यालय पुग्दा राजाराम श्रेष्ठले अरु केहि सेवाग्राहीलाई जम्मा पारि यस्तै धन्दा गर्दै थिए । श्रेष्ठ सँग बिल तथा नगदि रसिद किन नदिएको छाप किन नहानेको यसरी सहकारी चलाउन मिल्छ भनेर प्रश्न गर्दा आफुले २० वर्ष देखि अहिले सम्म यसरी नै चलाएको र सबैसँग यसरी नै पैसा लिने गरेको बताए । सधै यही पुर्जाका आधारमा आफुले कारोबार गर्ने गरेको बताउदै उनले बिल तथा नगदि रसिद केहि नचाहिने र यहि पुर्जीका भरमा सबै काम हुने भन्दै आफनो गलत धन्दा लुकाउने खेलमा लागे । श्रीमान श्रीमतीले मात्रै सहकारी चलाएको त्यो सहकारीका नाममा सोझा गरिब नागरिक लुट्ने थलो भएको आरोप सेवाग्राहीको छ । आफुले सहकारी डिभिजन कार्यालयमा पनि उजुरी गरेको तर त्यहाबाट पनि केहि नभएको पिडित श्रेष्ठले बताउनु भयो ।
शुभेच्छाको लुट धन्दाको हामी फलोअप गरिरहने छौं ।
तपाइँको प्रतिक्रिया