श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

चितवन माघ १७,सोमवार राति चितवनको भरतपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । राति करिब ११ बजेतिरको समयमा भरतपुर–७ उज्जल टोलमा उक्त घटना भएको हो । स्थानीय ३८ वर्षका त्रिभुवन काफ्लेले श्रीमती जमुना काफ्लेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको चितवनका प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिए । गएराति ११ बजे भएको उक्त घटनापछि गम्भीर घाइते भएकी जमुनाको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा आइतबार बिहान ज्यान गएको हो । घरायसी झगडाका क्रममा श्रीमानले उनलाई हत्या गरेको पाइएको प्रहरी प्रमुख कुँवरले जानकारी दिए । उनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । कर्तव्य ज्यान मुद्दामा कारबाही गरिने प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया