श्रृजना अवालको रहस्यम मृत्यु : प्रहरी

भक्तपुर निवासी २६ वर्षिया श्रृजना अवाल काठमाडौं गोठाटारमा भएको रहस्यम मृत्यु पश्चात प्रहरीले अनुसन्धानमा लापरवाहि गरेको परिवारले आरोप लगाएका छन् । असोज ९ गते काठमाडौ जिल्ला कागेश्वरी मनोहरी नपा वडा नं १३ मुरारी प्रसादको घरमा रहस्यमय तवरले झुण्डिएको अवस्थामा मृत फेला परेको थियो । मृत्यु पश्चात महानगरिय प्रहरी बृत बानेश्वरमा मृतकका परिवारले शंकास्पद ब्यक्ति सप्तरी जिल्ला घर भई हाल काठमाडौ जिल्ला कागेश्वरी मनोहरी नपा १३ मा डेरा गरि बस्ने वर्ष ३६ का निखिल आनन्द सिंहका नाममा किटानी जाहेरी सहित निवेदन दर्ता गर्न जाँदा प्रहरीले हात पात र निष्पक्ष छानबिन नगरेको गुनासो भक्तपुरमा पत्रकार सम्मेलन गरि जानकारी गराएका छन् । परिवारले किटानी जाहेरी गरेका ब्यक्तिलाई नियन्त्रणमा लिएता पनि पहुँचको आधारमा छानबिन बिनै रिहा गरेको भन्दै निष्पक्ष छानबिन गरि सत्य तथ्य बाहिर ल्याईदिन आग्रह गरेका छन् । कानुनी राज्यमा दोषिलाई कारवाहि गरिनु पर्ने र निर्दोषलाई सजाय हनु हुँदैन भन्ने पक्षमा रहेकाले आफ्नो सन्तानको हत्याको छानबीनको लागि सरोकारवालालाई आग्रह समेत गरेका छन् ।
तपाइँको प्रतिक्रिया