श्रोत केन्द्र स्तरिय आधारभुत तह खेलकुद प्रतियोगिता २०७२ सम्पन्न

परासी, ७ पौष । नवलपरासीमा पाचांै डैनहवा श्रोत केन्द्र स्तरिय आधारभुत तह खेलकुद प्रतियोगिता २०७२ एक भव्य समारोह बिच भएको छ । सेवा सदन प्राविको आयोजनामा गत पुष ३ गतेदखि रामनगर बिचैयापुरमा संचालित खेलकुद प्रतियोगिता आज एक समारोह बिच सम्पन्न भएको हो ।खेलकुद प्रतियोगितमा डैनहवा श्रोत अन्तर्गतका ४० वटा प्रावि. निमावि तथा मावि स्तरका विद्यालयहरुले खेलमा सहभागि भएका थिए । शिक्षाका साथै खेलपनि विद्यार्थीलाई अनिवार्य रहेको हुँदा यस खेलको आयोजना गरिएको सेवा सदन प्राविका व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र चौधरीले बताउनु भयो । खेलमा सय मिटर, दुई सय मिटर, ४ सय मिटर, ८ सय मिटर रिले दौड, बोरा दौड, कुर्सि दौड, जलेबी दौड,चम्चा दौड, तिन खुट्टे दौड, लंग जम्प, हाई जम्प, टिपल जम्प लगायतका विभिन्न खेलहरु खेलाइएको थियो । खेलमा कक्षा शिशुदेखि, कक्षा ३ सम्मका विद्यार्थीहरुको एक समुह, कक्षा ४ देखि ५ सम्मका एक समुह र कक्षा ६ देखि ८ सम्मका छात्रा छात्रा विद्यार्थीहरुको एक समुह गरि खेल खेलाइएको थियो । खेल प्रतियोगितामा जनजागृति त्रगौली नि. मा.वि सुनवल नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ भने दित्तिय स्थान जनता उ.मा.वि डैनहवाले हासिल गरेको हो त्यस्तै प्रतियोगिताको तेश्रो स्थानमा प्रगति मा.वि स्वाठी, सुनवल पुगेको आयोजकले जनाएको छ । प्रतियोगितका प्रथम हुने विद्यालयलाई रनिंन्ग शिल्ड पुरस्कार प्रदान गरिएको थियो भने दित्तिय स्थान हासिल गर्ने विद्यालयलाई कप र तेश्रो स्थानमा आउने विद्यालयलाई पनि कप पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि एवं सहायक जिल्ला अधिकारी गोपाल प्रसाद कण्डेल, विशिष्ट अतिथि एवं डैनहवा श्रोत केन्द्रका अध्यक्ष विक्रम यादव, रेडियो दाउन्नेका अध्यक्ष एवं खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष डोलराज भण्डारी लगायतका वक्ताहरुले स्वास्थयका लागि खेलकुद अतिनै आवश्यक रहेको बताए । खेलकुदले नेपाललाई अन्तराष्टिय जगतमा चिनाउन सक्ने र विद्यार्थीहरुको स्वास्थयपनि राम्रो हुने माध्य रहेको बताए ।
तपाइँको प्रतिक्रिया