संक्रमणकालीन न्याय निरूपण सम्बन्धी (टिआरसी) विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्न एमालेको अस्विकार

चैत्र २५, काठमाडौं ।
सत्तापक्षले संक्रमणकालीन न्याय निरूपण सम्बन्धी (टिआरसी) विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्न खोजेकोमा एमालेले अस्वीकार गरेको छ ।
शनिवार सभामुख देवराज घिमिरेको पहलमा भएको शीर्ष नेताहरूको छलफलमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदीय समितिमा लैजानुपर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डसहित सभामुखको कार्यकक्षमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याकबाट पारित गर्ने प्रस्तावमा एमालेले नमानेपछि बीचको बाटो खोज्ने प्रयास भइरहेको र यसका लागि विज्ञहरूको पनि सहायता लिइने बताईएको छ । शीर्ष तहमा चैत २८ गते पुनः छलफल हुने गरि आजको बैठक टुङ्गिएको छ ।
तपाइँको प्रतिक्रिया