संचारकर्मीले अब बेस्ट मिडिया अवार्ड २०७३ गर्ने

बिबेक भण्डारी १०, कलाकारीता क्षेत्रमा धेरै अवडहरु दिने र लिने गरिएता पनि पत्रकारीता क्षेत्रमा भने कुनै अवड नभएको बेला संञ्चारकर्मि तथा पत्रकार संघ नवलपरासी र बेष्ट मिडियाको आयोजनामा पत्रकारी अवड हुने भएको छ । जिल्लामा रहेका रेडियो तथा टेलिभिजनमा कार्यरत संञ्चार कर्मिहरुको मनोवल बढाउन तथा संञ्चारक्षेत्रमा कार्य गर्ने असरल वतावरण सृजर्ना गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्न लागेको हो । सोमवार सो संस्थाले पत्रकार सम्मेलन मार्फत विभिन्न विधा अन्तरगत प्रतिस्पधाका क्षेत्रहरु छुटयिएको संञ्चारकर्मि तथा पत्रकार संघ नवलपरासीका अध्यक्ष खगराज सापकोटाले बताउनुभयो । त्यस्तै पत्रकार सम्मेलनमा जिल्लाका संञ्चारकर्मिहरुको हकहित तथा मनोवल बढाउने खालको कार्यक्रम यस संस्थाले ल्याएकोमा असल कार्यको सुरुवात गरेको नेपाल पत्रकार महा संघ नवलपरासी शाखाका अध्यक्ष नारायण शर्माले वताउनुभयो । नवलपरासी जिल्लामा रहेका संञ्चार संस्था मध्ये कान्छो संञ्चार संस्था हो । जिल्लामा यस अघि संचारकर्मी तथा पत्रकार संघ नवलपरासीको दर्ता संगै नवलपरासीमा संचारकर्मीको हकहितकालागी कृयाशिल संस्थाको संख्या ८ पुगेको छ । यस अघि जिल्लामा पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, कृयाशिल महिला पत्रकार समुह, स्वतन्त्र पत्रकार संघ लगाएतका संस्था रहेतापनि संचारकर्मी तथा पत्रकारका समस्याको समाधान तथा उनिहरुको प्रोत्साहनका लागी कुनै पहल नगरिएको संचारकर्मीबाटै गुनासो आईरहेका वेला संचारकर्मी तथा पत्रकार संघ नवलपरासी नामक संस्था दर्ता गरिएको हो ।
तपाइँको प्रतिक्रिया