संञ्चारकर्मिलाई खाद्य स्वच्छता रिपोटिङ तालिम

विवेक भण्डारी,
नवलपरासी,असोज ७,क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण महाशाखा भैरहवाको आयोजना र नेपाल पत्रकार महा संघ नवलपरासीको सहयोगमा संञ्चारकर्मिलाई खाद्य स्वच्छता रिपोटिङ तालिम शुक्रवार सम्पन्न भएको छ । पछिल्लो समय विभिन्न किसिमका किराना पसल तथा विभिन्न व्यापारीक केन्द्रमा अखाद्य वस्तुहरु विक्रि वितरण हुने हुदा त्यस प्रति पत्रकारहले टिपोट गर्ने कुराबारे जानकारी गराइएको थियो । तालिममा पत्रकारहरुले खाद्य अनुगमनका क्रममा देखिका विषय वस्तुहरुलाई कुन रुपले सप्रेसण गर्ने लगायतका कुराहरुको बारेमा जानकारी गराइएको थियो । आयोजित तालिममा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण महाशाखा भैरहवाका वरिष्ठ खाद्य अधिकृत किसोर खत्रीले उपभोत्ताले देख्न नसकेका वस्तुहरु पनि अखाद्य हुने हुदा खाद्य वस्तुमा प्रयोग गर्ने विभिन्न किसिमका स्वास्थ्य हानिकारक वस्तुहरु प्रयोग गर्न नहुने र त्यसको उचित अवलोकन गरि प्रयोगमा ल्याउनु पर्ने वताउनुभयो । आयोजित तालिममा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण महाशाखा भैरहवाले गरेका विभिन्न स्थानको अनुगमन र त्यस्को निष्कर्श पनि प्रस्तुत गरिएको थियो । तालिमको सहजिकरण क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण महाशाखा भैरहवाका खाद्य निरिक्षक दिपक कुवर र क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण महाशाखा भैरहवाका खाद्य अधिकृत किशोर खत्रीले गर्नुभएको थियो । तालिममा पत्रकार महासंघ नवलपरासी शाखाका अध्यक्ष नारायण शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
तपाइँको प्रतिक्रिया