संबिधानलाई सफल कार्यान्वयन गराउन सबै एक हुनुपर्ने:सञ्चारमन्त्री

सञ्चारमन्त्री शेरधन राईले संबिधानलाई सफल कार्यान्वयन गराउन सबै एक हुनुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री संबिधानलाई सफल कार्यान्वयन गराउदै मुलुकलाई अघि बढाउनका लागी सबै एक हुनुपर्ने बताउनुभएको हो । उहाले आन्दोलनरत पक्षको मागलाई पनि संबिधान जारी गर्दे सम्बोधन गर्ने भन्दै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिन आग्रह पनि गर्नुभयो । उहाले भारतले गरेको नाकाबन्दीका कारण मुलुकमा संकट पैदा भएको भन्दै संकट समाधानका लागी गम्भीरता पूर्वक कार्य गरिरहेको उल्लेख गर्नुभयो । मन्त्री राईले मुलुकलाई अघि बढाउनका लागी सञ्चारकर्मीहरुले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।
तपाइँको प्रतिक्रिया