संबिधान पूर्ण नभएको भन्दै यसका लागी नया ढंगले अघि बढ्नुपर्ने धारणा : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सोच र कार्यशैलीमा परिर्वतन गरेमात्र नयाँ नेपाल सम्भव हुने बताउनुभएको छ । नवगठित ‘सम्भव छ नेपाल’ नामक संस्थाले शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा उहाले नेताहरुलाई पुग्ने कुरामात्र गर्न र नपुग्ने हावादारी कुरा नगर्न सुझाव दिनुभयो । उहाले जागरण र अवसर समृद्धिको लागि नयाँ शक्तिको आवश्यकता रहेको भन्दै समृद्ध नेपालका लागि सही नेतृत्व आवश्यक भएकोमा जोड दिनुभयो । राज्य सन्चालन गर्ने नेतृत्वको दृष्टिकोण सही हुनुपर्ने भन्दै भट्टराईले पुरानो विचारले परिवर्तन सम्भव नहुने पनि बताउनुभयो ।
उहाले संबिधानसभाबाट बनेको संबिधान पूर्ण नभएको भन्दै यसका लागी नया ढंगले अघि बढ्नुपर्ने धारणा पनि राख्नुभयो ।
तपाइँको प्रतिक्रिया