संबिधान संसोधन मार्फत आन्दोलनरत मधेशी मोर्चाको माग संबोधन हुने:सिंह

नेपाली काग्रेसका महामन्त्री प्रकाशमान सिंहले संबिधान संसोधन मार्फत आन्दोलनरत मधेशी मोर्चाको माग संबोधन हुने बताउनुभएको छ । स्थानिय शान्तिम समिति काठमाडौद्धारा आयोजित नेपालको संबिधान सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रमको सोमबार काठमाडौमा उद्घाटन गर्दे उहाले आन्दोलनरत पक्षको माग छिटै सम्बोधन हुने बताउनुभएको हो । काग्रेसकै पालमा सदनमा पठाईएको संसोधन बिद्येयक अघि बढ्न नसक्दा मुलुक कठिन मोडमा आईपुगेको उहाको भनाई छ । कांग्रेस सरकार र आन्दोलनरत पक्षलाइ वार्तामा ल्याएर समाधान खोज्न लागी परेको पनि उहाले बताउनुभयो । महामन्त्री सिंहले जारि संकट अन्त्य गर्न संसदिय वा उच्चस्तरीय राजनीतिक समित बनाएर अबिलब वार्ता मार्फत समाधान खोज्नुपर्ने दोहराउनुभयो । कार्यक्रममा अधिवक्ता श्रीराम दवाडीले नेपालको संबिधानका अन्तरवस्तु बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया