संरक्षणका बरखिलाप हुने कुनै पनि सम्झौता हुदैन् : मन्त्री भण्डारी

राजेन्द्र आचार्य, १४ भदौं । वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले वन वन्यजन्तु संरक्षणका बरखिलाप हुने कुनै पनि सम्झौता नगर्ने दावी गरेका छन् । मलाई जनता, पार्टी र सबै विश्वास गरि वन मन्त्री बनाउनु भएको छ–उनले भने । म केहि नयाँ उपलब्धी मूलक काम गर्ने प्रतिवद्धा व्यक्र गर्दछु । नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुर विमानस्थल मा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारी वन वन्यजन्तु संरक्षणका लागि नयाा ऐन आवशयक भएको बताए । म मन्त्री भएको भर्खर दुई भएको भन्दै विभिन्न खालका विवाद र समस्याका बारेमा आफुहरुले बुझि रहेको समेत बताए । वन्यजन्तु अस्पताल किन बनेन् भन्ने पत्रकारको जिज्ञासामा मन्त्री भण्डारी अस्पताल बनाउने सम्बन्धमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयबाट रोकिएको समेत खुलासमा गरे । पश्चिम चितवनको मेद्यौली सराईले धरापमा गैडा मारेको र स्वामी कमलनयनाचार्यले निकुञ्जको जग्गा अतिक्रमण गरेको विषयमा आफुहरु बुझि रहेको र बुझेपछि यस बारेमा बोल्ने प्रतिक्रया समेत उनले दिए । साथै उनले बनको सुधारका लागि काम भउको मनुभूति आफुहरुले गराउने भन्दै आफ्नो काममा कसेले पनि हस्ताक्षेप गर्न नसकने ठोकुवा गरे । पत्रकारको अर्को पफरक प्रश.गमा उनले संविधान कार्यान्वयन गर्न चुवान अनिवार्य भएको भन्दै एमालेको साथ सहयोगमा चुनाव हुने बताए ।
तपाइँको प्रतिक्रिया