संविधान कार्यान्वयनका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न राष्ट्रपति डा. रामवरण यादवको आग्रह

राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान कार्यान्वयनका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली संघ एनआरएनको सातौं विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले अन्तिम चरणमा राजनीतिक दलले हतार–हतारमा संविधान निर्माण गरी जारी गरेको आरोप लगाउनुभयो । उहाले हतारमा गरिएको कामले दुई महिनादेखि मधेसी आन्दोलनमा उत्रेको बताउनुभयो । उहाले आन्दोलनरत र असन्तुष्ट पक्षको भावना संविधानमा समेट्न राजनीतिक दललाई यथाशीघ्र वार्तामा बसी विवाद समाधान गर्न सुझाव दिनुभयो । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले गैरआवासीय नेपालीको चाहना, इमान्दारी, नेपाल र नेपालीप्रतिको झुकावलाई ध्यानमा राख्दै संविधानको धारा ४१ अनुसार नेपाली नागरिकता प्रदान गरिने बताउनुभयो । परराष्ट्रमन्त्री थापाले संविधान जारीपछि मुलुकमा शान्ति स्थापना गर्दै आर्थिक समृद्धितर्फ लागिने बताउनुभयो । उहा“ले सरकार लगानीमैत्री वातारण निर्माणमा समर्पित रहेको भन्दै मुलुकमा लगानी गरी आर्थिक समृद्धिमा सहयोग गर्न व्यवसायीहरूलाई आग्रहसमेत गर्नुभयो । यसैगरी, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले गोरखा भूकम्पबाट क्षतिग्रस्त नौ जिल्लामा ३० अर्ब रुपैया“भन्दा बढीको सहयोग गरेको र भविष्यमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तपाइँको प्रतिक्रिया