संविधान कार्यान्वयन, निर्वाचन र विकास एउटै रफतारमा लैजाने:प्रधानमन्त्री प्रचण्ड

राजेन्द्र आचार्य
काठमाडौ, २३ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयन, निर्वाचन र विकास एउटै रफतारमा लेजाने बताएका छन् । म पहिलो पटक प्रधामन्त्री हुदां ५ बर्ष सम्म काम गर्छु भनेर आएको थियो–उनले भने तर पाईन्, यो पटक म धेरै चिन्तित छु, सबै काम रफतारमा हुन्छ ।
नेकपा माओवादी केन्द्र चितवनको नेतृत्वमा आज आएको चितवनको सर्वदलिय, सर्वपक्षिय टोलीको ज्ञापनपत्र बुझ्दै यस्तो बताएका हुन् । उनले संविधान कार्यानवय र निर्वाचनल मेरो पालामा हुने भन्दै ढुक्क हुनु आग्रह पनि गरे ।उनले चितवन आफ्नो गृह जिल्ला रहेको बताउदै चितवनमा अब देखिने गरि काम गरेर देखाउने प्रतिवद्धता समेत व्यक्त गरे । चितवन देशकै मुटु हो , यो सबेलाई थाहा छ–प्रधामन्त्री प्रचण्डले भने, अबका दिन चितवन फेरिने गरि विकास निर्माणका योजना आफुले केहि दिनमा नै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफूलाई चितवनले नेता बनाएको भन्दै जिल्लाको विकास निर्माणमा विशेष ध्यान दिने बताएका हुन् । चितवनका सांसद तथा प्रतिनिधिले चितवनको विकासका लागि विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाएको थियो ।सोही अवसरमा बोल्दै नेपाली काग्रेसका चितवन क्षेत्र न.४ का सासंद रामकृष्ण घिमिरेले हिजो दिन शुसिल कोईराललाई प्रधानमन्त्री हुदा लयाएका योजना अलपत्र बनेको भन्दै चितवनकै प्रधानमन्त्रीका रुपमा आहुनु भएकोले विकासलाई प्रथामिकता दिन सुझाव दिए । मैले पनि धेरै योजना ल्याएको छ्–उनले अब केहि गरेर देखाउन, हामी सबै विकासका लागि एकताबद्ध बनौं । सोही अवसरमा बोल्दै सभासद् शिवकुमारी गोतामेले चितवनमा सुकुम्वासीलाई राज्यको सुविधा उपयोग अप्ठारो परेको ध्यानार्कषण गराएकी थिईन् । सोही अवसरमा बोल्दै नेकपा माओवादी चितवनका जिल्ला ईज्चार्ज ईशवरी भट्टराईलाई चितवनलाई बैकल्पीक राजधानीका रुपमा स्थापित गराउन अनुरोध गरे । यस्तै केन्द्रका चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार राज्यको पुनसंरचनामा २ नं. प्रदेशमा रहेको पर्सा ठोरीलाई ३ न. प्रदेशमा ल्याउन माग गरे । साथे उनले ठोरीका स्थानियहरु चितवनमा नै सामवेश हुन चाएकोले उनीहरुको भावना कदर गर्नुपर्ने बताए । यस्तै पटीहानी पर्यटन विकास परिषद्का अध्यक्ष खेम भट्टले पश्चिम चितवनको पटिहानीका पर्यटन विकासका लागि सरकार हात्ती सञ्चालन गराउन माग गरे ।
प्रधानमन्त्रीलाई सम्मान
चितवनबाट काठमाडौ आएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री निवासमा नै प्रधानमन्त्री प्रचण्डलाई सम्मान गरेको छ । दोश्रो पटक फेरि देश र जनताको पक्षमा रहदै संविधान कार्यान्वयन र निर्वाचनका कटिकद्ध रहेको भन्दै जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई, जिल्ला अध्यक्ष यम बहादुर परियारले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
तपाइँको प्रतिक्रिया