संविधान दिवसको अवसरमा नवलपुर जिल्ला अस्पताल परीसरमा वृक्षारोपण

सागर पोख्रेल
कावासोती, असोज ३
संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज पुर्वी नवलपरासीको सदरममा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा विविध कार्यक्रम गरी संविधान दिवस मनाईएको छ ।
दिवसका अवसरमा शुक्रबार संविधान दिवस मूल समारोह समिति नवलपुरले मध्यविन्दु जिल्ला अस्पतालमा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै संसवधान सभा सदस्य समेत रहनुभएका गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले यो दिन नेपाल र हामी जनताको लागि खुशी र हर्षको दिन रहेको बताउनु भयो । नेपाली जनताद्धारा निर्वाचित आफ्ना जनप्रतिनिधिद्धारा नेपालको संविधान लेख्न पाउनु आम नेपालीको खुसीको बिषय भएको बताउनुभयो ।
गण्डकी प्रदेश सभा सदस्य गाहाले अब विकास र समृद्धिमा जुट्नु हामी सबैको दायित्व रहेको बताउनुभयो । उहाँले अब सबै लोकतान्त्रिक पार्टीहरूलाई समेटेर अगाडि बढ्नु सबैको दायित्व रहेको बताउनु भयो ।
फलफुल वितरण
संविधान दिवसकै अवसरमा राष्ट्रिय बाणिज्य बैक शाखा कावासोतीले आजै मध्यविन्दु जिल्ला अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण समेत गरेको थियो ।संविधान दिवसको अवसरमा आयोजीत कार्यक्रममा जिल्ला स्थित स्थानिय तहका जनप्रतिनिधि, राजनितिक दल, सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, राष्ट्रसेवक कर्मचारी निजी क्षेत्रका व्यावसायीहरुको संध संस्था लगायत स्थानियहरुको सहभागीता रहेको थियो ।
जिल्ला समन्वय समिति पुर्वी नवलपरासीका अध्यक्ष चेसराम आलेको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
झण्डा र व्यानर नियन्त्रण
४ वर्षअघि ०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । यद्यपि, जारी संविधान सर्वस्वीकार्य हुन नसकेको भन्दै सुरुदेखि नै संविधान विभेदकारी भएको भन्दै आदिवासी जनजाति लगायत रुष्ट छन् । यसका कतिपय प्रावधान विभेदकारी भएकाले संशोधन गर्न उनीहरूले माग गर्दै नवलपुरमा पनी संविधान दिवसलाई कालो दिवसको रुपमा मनाई रहदा प्रहरीले हस्तक्षप गरी कावासोती नगरपालिका १६, डण्डा चोकमा आयोजना गरीएको विरोध कार्यक्रम स्थलबाट विरोध स्वरुप राखीएको कालो झण्डा र व्यानर नियन्त्रणमा लिएको थियो ।
तपाइँको प्रतिक्रिया