संविधान बनाउँदा विदेशीले टाउको दुखाउनु आवश्यक पर्दैन : सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपालीकोलागि संविधान बनाउँदा विदेशीले टाउको दुखाउनु आवश्यक नभएको बताउनुभएको छ । छिरिङमा टेक्स एण्ड एक्स्पिडिसनले विश्व पर्यटन दिवसको अवसरमा आईतवार आयोजना गरेको भुकम्प पश्चात पर्वतारोहण क्षेत्रको अवस्था विषयक अन्र्तक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो । मन्त्री पण्डितले संविधान जारी गर्दा विश्वमा जहा पनि उथललपुथल हुने गरेको उल्लेख गर्दै विश्वमै सबैभन्दा बढी मतले नेपालमा नेपालीकोलागि मात्रै संविधानजारी भएको उल्लेख गर्नुभयो । उहाले संविधान सिलालेख नभएकोले नेपाली जनताको आवश्यकता अनुसार संसोधन हुने भन्दै संघीयता, लोकतन्त्र, गणतन्त्त चाहनेले यो संविधानलाई मुटुमा राख्नुको विकल्प नभएको दावी गर्नुभयो । संविधानको विषयमा ठिक ढंगले नबुझेकोले आन्दोलन भएको भन्दै उहाले आन्दोलनका नाजायज मागलाई कुनै पनि हालतमा मान्न नसक्ने स्पष्ट पर्नुभयो । सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र रहेकोले यसलाई विशेष महत्वका साथ अघि बढाउने भन्दै पुर्ननिर्माणको क्रममा पर्यटन क्षेत्रलाई अझै ब्यवस्थित बनाउने विश्वास उहाले ब्यक्त गर्नुभयो ।
तपाइँको प्रतिक्रिया