संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प छैन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौँ १७ , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बतानुभएको छ । न्हुदँ समारोह समितिद्वारा सोमबार नेपाल संवत् ११३७ को अवसरमा आयोजित सांस्कृतिर्क यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु जरुरी रहेको बताउनुभयो । मधेस, थारु, आदिवासी जनजातिले उठाउँदै आएको जायज मागलाई संविधान संशोधनमार्फत पूरा गरेर निर्वाचनमा सरकारको ध्यान रहेको भन्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनका लागि राजनीतिक दलहरु सहमति नजिक पुगेको उल्लेख गर्दे के मधेस, के पहाड, के तराई सबै एकढिक्का भएर देशलाई आर्थिक विकासतर्फ लैजानु आजको आवश्यकता रहेको उहाले बताउनुभयो । नेपाल संवत् नेवार समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको राष्ट्रिय संवत् भएको दाहालले बतानुभयो । यस्तै उहाले नेपाल संवत्लाई इस्वी संवत्सँग तालमेल हुनेगरी स्थापित गराउन जरुरी रहेको बताउनु भयो। कार्यक्रममा समितिका अध्यक्ष मोतीलाल सिल्पकारले नेवार समुदायले मान्दै आएको नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउन आग्रह गर्नुभयो ।
तपाइँको प्रतिक्रिया