संविधान संशोधन विधेयक फिर्ता

काठमाडौं २९, सरकारले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विधेयक फिर्ता लिएको छ । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा कानुनमन्त्री अजयशंकर नायकले विधेयक फिर्ताको प्रस्ताव गरेका थिए, जसलाई बहुमतले स्वीकृत गरेको छ । प्रमुख विपक्षी एमाले भने मौन बसेको थियो । सीमांकनमा प्रमुख विपक्षी दल एमालेको आपत्ति रहेको भन्दै कानुनमन्त्री नायकले संशोधन फिर्ताको प्रस्ताव गरे । उनले अब मुलुकलाई निकास दिन एमाले पनि अगाडि आउनु पर्ने र मधेसी मोर्चा पनि लचिलो हुनु पर्ने बताए । सरकारले आजै अर्को संविधान संशोधन विधेयक दर्ताको तयारी गरेको छ ।
तपाइँको प्रतिक्रिया