संसदको हिउँदे अधिवेशन सुरु

काठमाण्डु, १५ असोज–संसदको हिउँदे अधिवेशन शुक्रबार दिउँसोबाट सुरु भएको छ । सभामुख सुभाचन्द्र नेम्वाङले राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउँदै संसदको अधिवेशनको औपचारिक रुपमा सुरुवात भएको जानकारी दिएका थिए । अधिवेसनको पहिलो दिन सांसदहरुलाई स्वागत गर्दै एक मिनेट मौन धारण गरेपछि सकिएको थियो । बैठक आजै साँझ पाँच बजे बस्ने जानकारी दिइएको छ । नयाँ संविधान निर्माणपछि नयाँ सरकार गठनका लागि संसदको हिउँदे अधिवेशन डाकिएको थियो । साँझ बस्ने बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको छ ।
तपाइँको प्रतिक्रिया