संसदीय सुनुवाइमा संवैधानिक निकायका पदाधिकारीलाई बोलाउनेबारे समितिमा विवाद

संवैधानिक निकायका पदाधिकारीलाई संसदीय सुनुवाइमा बोलाउनेबारे संसदीय समितिमा विवाद भएको छ । सिंहदरबार संसदीय सुनवाइ समितिको बुधबार बसेको बैठकमा न्याय परिषद सदस्यहरुलाई सुनुवाइमा आउन आह्वान गर्ने कार्यसूची थियो । तर, कांग्रेस र एमालेका सभासदहरुवीच विवाद भएपछि बैठक निर्णयमा नपुगी टङ्गिएको छ ।नयाँ संविधान अनुसार संसदीय सुनुवाइ गर्ने कि अन्तरिम संविधान अनुसार गर्ने भन्ने विवाद भएपछि न्याय परिषद सदस्यलाई सुनुवाइमा समेत बोलाईएन । विवादपछि समितिका सभापति कुलबहादुर गुरुङले बुधबारको बैठक स्थगित भएको जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया