संसद विघटन षड्यन्त्रमूलक ढंगले गरिएको भन्दै नेकपा (माओवादी केन्द्र) गैँडाकोट नगर समितिद्धारा घोर भर्त्सना

गैँडाकोट, १० जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गैँडाकोट नगर समिति नवलपुरले गत शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री के.पि. बोलीद्वारा षड्यन्त्रमूलक ढंगले गरिएको प्रतिनिधिसभा विघटनको घोषणा प्रति एक विज्ञप्ति जारी गर्दै घोर विरोध रहेको जनाएको छ । गैँडाकोट नगर समिति नवलपुरका सचिव श्याम सुन्दर लामिछानेद्धारा हस्ताक्षरित विज्ञप्तिमार्फत गभण्डारी र ओलिले गरेको संसद विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम ठहर गर्दै घोर विरोध तथा भर्त्सना गरिएको हो ।
राष्ट्रघाति कदमको विरुद्ध कानूनी र राजनैतिक सबै प्रकारको संघर्ष गर्न तयार रहेको विज्ञप्तिमा जनाईएको छ । ने.क.पा. (माओवादी केन्द्र) गैडाकोट नगर समिति राष्ट्रिय सार्वभौमिकता एवं स्वाधीनता, संविधान र लोकतन्त्र पक्षधर सबै राजनैतिक दलहरु, नागरिक समाज, बुद्धिजीवी, कानूनविद, मानवअधिकारवादी, पेशाकर्मी लगायत आम जनसमुदायलाई एकताबद्ध भई राष्ट्रिय स्वाधिनता, संविधान, लोकतन्त्र र अग्रगमनकाने पक्षमा उभिन र संघर्ष गर्न समेत अव्हान गरेको छ ।
तपाइँको प्रतिक्रिया