संस्कृति विकास मार्गको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गैंडाकोट, १३ कार्तिक ।
गैंडाकोट नगरपालिका वडानम्बर २ अन्तरगत रहेको संकृति बिकास मार्ग निर्माण समितीले सो मार्गमा सम्मान एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष ध्रुवराम पौडेलले संकृति मार्ग विगतदेखिनै क्रियाशील र जुझारु रहेको भन्दै वडाका हरेक काम गर्न सहज भएको बताउनु भयो । वडामा रहेका सबै टोलबिकास र मार्ग मध्ये यो संस्कृतीमार्ग राम्रो रहेकोले आगामी दिनमा समेत वडाले सम्मान एवं कदर गरिरहने बताउनुभयो । टोलविकास संस्थाको सहयोग विना वडाको बिकास अधुरो रहने भन्दै हरेक विकास निर्माणका साथै सामाजिक तथा रचनात्मक काममा साथ रहने बताउनुभएको थियो ।
कार्यक्रमका बिशेष अतिथि उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले विगतका दिनमा टोलमा खानेपानी, विजुली ढल र बाटो निर्माण कार्यमा आफूले गरेका सहयोग र आगामी दिनमा टोललाइ आवश्यक पर्ने भूमिका निर्वाह गर्दै संस्थाले दिएको जिम्मेवारी र दायित्व पालना गर्दै जाने बताउनु भयो । टोलको विकास र समस्या समाधानको लागि एकल प्रयासले मात्रै सम्भव नहुने बताउंँदै अध्यक्ष भट्टचनले सबैको सहकार्य र सहयोग साथै एकरुपताको अपेक्षा गर्नुभएको थियो ।
भर्खरैमात्र निर्माण कार्य सम्पन्न भएको संस्कृति मार्ग निर्माण समिति संयोजक ढकप्रसाद कुवँर को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष कुवँरलाइ टोलबिकास संस्थाका तर्फ बाट सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रममा छहारि टोल विकास संस्था का अध्यक्ष पुर्ण चन्द्र पोख्रेल, वडा सदस्य यदुनाथ सापकोटा, प्रेस चौतारि नवलपुरका अध्यक्ष हिमालदेब पङ्गेनी, रेडियो संकेतका स्टेसन मेनेजर सुजन अधिकारी , युवा समाजसेवि सुर्य घिमिरे, धन बहादुर पौडेल, छहारी टोल विकास संस्था का संस्थापक अध्यक्ष ऋषिराम घिमिरे,गिता ढकाल, मनकामना आमा समूह का अध्यक्ष भगिरथी सुबेदी, छहारी टोल विकास संस्था का सचिव तुलसी प्रसाद श्रेष्ठ लगायत विभिन्न टोलका अध्यक्ष जनप्रतिनिधि,ब्यापारी,राजनितीदलका प्रतिनिधि पत्रकार लगाएतको उपस्थित रहेको थियो । सो कार्यक्रम मा धना बरालले उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो ।
सो सम्मान एवं शुभकामना कार्यकक्रम कार्यक्रममा संस्कृति मार्ग निर्माण समितीका अध्यक्ष ढक प्रसाद कुँवरलाई सम्मान गिरएको थियो । त्यसैगरि त्यस अवसरमा आर्थिक एवं भौतिक सहयोग गर्ने दाताहरु लाइ पनि सम्मान गरिएको थियो । सो कार्यक्रममा संकृति मार्ग निर्माण सिमतिका कोषाध्यक्ष बिमला प्याकुरेलले आर्थिक प्रतिबेदन पेस गर्नु भएको थियो । प्रदेश सरकार,नगरपालिका,वडा कार्यलय र स्थानियको कुल ४० लाख रुपैया खर्च गरि मार्ग तयार भएको प्याकुरेलको प्रतिवेदनमा जानकारी दिईएको थियो । कार्यक्रम संस्कृति विकास मार्गका सचिव सरिता घिमिरेको सहजीकरणमा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया