सकियो गैडाकोटमा ३ महिने सिलाई कटाई तालिम

नवलपरासी ८ असार,महिलाहरुलाई शिप सिकाएर आत्म निर्भर वनाउने उद्देश्यका साथ सुरु गरिएको ३ महिने सिलाई कटाई तालिम नवलपरासीको गैडाकोटमा बुधवार सम्पन्न भएको छ । दलित महिला एकता सञ्जालको आयोजना ,गैडाकोट नगरपालिकाको सहयोग र आदिवासी जनजाति महिला महांसघ अन्तरपार्टि महिला सञ्जाल संगको समन्वयमा सो तालिमको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गैडाकोट नगरपालिकाका कार्यकारी कृष्ण नेपालले वोल्दै महिलाहरुको क्षमता अभिबृद्धि गरि आय आर्जनको वाटो तर्फ अगाडी बढाउन यो तालिम निकै सहयोगी वन्ने बताउनु भयो । अवका दिनमा तालिम लिएर छाड्ने हो भने महिलाहरु क्हिलै पनि अगाडी बढ्न नसक्ने भएकाले आफुले सिकेको तालिमलाई कार्यन्वयनमा ल्याउन समेत सवैलाई आग्रह गर्नु भएको थियो ।समापन कार्यक्रममा दलित समाज गैडाकोटका अध्यक्ष भिम वाहादुर विक,नगर समन्वय समितिका उपाध्यक्ष संगीता घिमीरे,नेपाल महिला संघ का नगर सभापति कमला तिवारी,अन्र्तरपाटी महिला सञ्जाल गैडाकोटकी अपाध्यक्ष मायां देवि ठकुरी लगाएतको उपस्थिति रहेको थियो । २३ जना महिलाहरुलाई प्रदान गरिएको सो तालिममा कल्पना परियारले प्रशिक्षण दिनुभएको थियो भने कार्यक्रम दलित महिला एकता सञ्जालकी अध्यक्ष सकिला परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया