सकियो छठ नवलपरासीमा पनि मानियो

नवलपरासी , २२ कात्तिक , सूर्यको उपसना गरी मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर सोमबार सकिएको छ । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन हिजो बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन भएको हो । आइतवार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका ब्रतालुले रातभर जाग्राम बसी सोमवार उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् । छठको अवसरमा नवलपरासीको सबैभन्दा ठुलो मेला परासीमा लागेको थियो । परासीको झरही खोलामा बिगत ७० बर्ष यता निरन्तर मेला लाग्ने भएपछि मेला भर्न आउनेहरुको घुईचो लागेको छ । मेलामा नेपाल सहित भारतिय सिमावर्ती क्षेत्रमा शद्धालुहरुको समेत उल्लेखनिय मात्रामा सहभागीता रहेको छ । पारिवारिक सुख शान्ती र आफ्नो मनोकमना पुरा हुने धार्मिक बिस्वासका साथ तराईका जिल्लामा छठ पर्ब निकै धुमधामका साथ मनाईने चलन छ । छठ पर्ब अन्तर्गत सोबवार बिशेष पुजा अर्चना सहित अस्थाउदो सुर्यलाई र भोली बिहान उदाउदो सुर्यलाई अर्ग दिने प्रचलन छ । नवलपरासी, रुपन्देही ,कपिलवस्तु ,जनकपुर ,वारा, पर्सा , बिरगन्ज सहित तराईका बिभिन्न जिल्लामा बिशेष धुमधामका साथ छठ पर्ब मनाउने गरिन्छ ।
तपाइँको प्रतिक्रिया