सडकको ह्युमपाइप बगाउँदा नवलपुरको कावासोतीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर,२४ असार ।
लगातार वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ । कावासोती थानाचोक नजिकै बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । अहिले बैकल्पीक बाटो निर्माणको काम भैरहेको गिरीले बताउनु भयो ।
लगातार परेको पानीका कारण सडकको ह्युमपाइप बगाएर आज बिहानदेखि अवरुद्ध भएको सडक सञ्चालनको तयारी भइरहेको गिरीको भनाइ छ । शुरुमा साना सवारी साधन सञ्चालन हुनेगरी डाइभर्सन निर्माण गरिने भन्दै प्रनाउ गिरीले ठूला सवारी साधन केहीबेर रोकेर राखिने बताउनुभयो । सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधनको लामो लाइन लागेको छ ।
तपाइँको प्रतिक्रिया