सडकमै कविता वाचन कार्यक्रम सम्पन्न

अस्मिता भण्डारी
साउन २८, कावासोती
नवलपरासीको कावासोती नगरपालिकाको फलफुल चोकमा डा. के.सिको सर्मथनमा शनिबार सडकमा कविता वाचन कार्यक्रम सम्पन्न भएके छ । डा. केसिको सर्मथनमा कावासोती क्षेत्रका साहित्यकारहरुले कविता वाचन मार्फत सर्मथनको प्रतिबद्धता समेत गरेका थिए । कार्यक्रममा बोल्दै रेडक्रसका पुर्वसभासद योग प्रसाद शर्माले डा. केसिले गरेको योगदानका लागि सदैव सर्मथन गर्ने बताउनुभयो । कार्यक्रममा साहित्यकार दिपक सोती , भुपेन्द्र शर्मा , दयाराम आचार्य , सञ्जय भटटराई लगायतले उहाँका सर्मथन र योगदानका विषयमा कविता वाचन गरेका थिए ।कार्यक्रममा बोल्ने अधिकाशं वक्ताले समाजमा रहेको अशिक्षा , मुल्य वृद्धि , बेरोजगारी जस्ता क्रियाकलापहरुको अन्त्य गरि डा. केसिको योगदानको कदर गनु पर्ने कुरामा समेत जोड दिएक थिए ।
तपाइँको प्रतिक्रिया